प्रचण्डले आज पत्रकार सम्मेलन गर्ने

बैशाख १२ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज पत्रकार सम्मेलन गर्ने भएका छन् । मध्यान्ह १२ बजे पत्रकार सम्मेलनमा गर्न लागेको पार्टी केन्द्रीय कार्यालयले जानकारी दिएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै प्रचण्डले स्थानीय तह निर्वाचनको तयारी र गठबन्धन भित्रको समझदारीबारे धारणा राख्ने बुझिएको छ । प्रचण्डले अघिल्लो सोमबार पनि पत्रकार सम्मेलन गरेका थिए ।