सिर्जना सिंहद्वारा काठमाण्डौको मेयरमा गठबन्धनबाट मनोनयन दर्ता

बैशाख १२ः काठमाण्डौ महानगरपालिकाको मेयरमा गठबन्धको तर्फबाट कांग्रेसकी सिर्जना सिंहले मनोनयन दर्ता गर्नु भएको छ ।

केहीबेरअघि काठमाण्डौको भृकुटीमण्डमा मेयरका लागि मनोनयन दर्ता गराउनु भएकी सिंह कांग्रेस नेता प्रकाशमानकी पत्नी हुनुहुन्छ ।

२०३७ सालमा नेपाल महिला सङ्घ गोरखाको सभापति हुनुभएकी सिंह महाबौद्ध क्याम्पसको नेविसङ्घको इकाइ सभापतिसमेत हुनुहुन्थ्यो।

उम्मेदवारी दर्तापछि उहाँले आफ्ना सबै योजना काठमाण्डौको उत्थानका लागि हुने बताउनु भयो । उम्मेदवार सिंहले काठमाण्डौलाई व्यवस्थित, सफा र सुन्दर बनाउने बताउनुभयो ।