बैशाख २३ : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना महामारीका कारण विश्वमा एक करोड ५० लाख मानिसको मृत्यु भएको जनाएको छ । कोरोना महामारी सुरु भएपछि दुई वर्षको अन्तरालमा विश्वमा प्रारम्भिक अनुमान भन्दा १३ प्रतिशत बढी मानिसको मृत्यु भएको डब्लुएचओले जनाएको छ ।
विभिन्न मुलुकबाट उपलब्ध तथ्यांक भन्दा बढी मानिसको मृत्यु भएकाले प्रारम्भिक आँकडा भन्दा बढी मानिसको मृत्यु कोरोनाकै कारण भएको डब्लुएचओको दावी छ ।
विश्वभर ५७ प्रतिशत पुरुष र ४३ प्रतिशत महिला कोरोना महामारीको सिकार भएको डब्लुएचओको तर्क छ । मध्यम आय भएका देशहरुमा यो मृत्युदर अत्याधिक रहेको डब्लुएचओको दावी छ ।
डब्लुएओले प्रयोग गरेको मापनलाई आधारमा महामारीका क्रममा अपेक्षा भन्दा बढी मानिसको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ ।


















