सत्ता गठबन्धनले आज बुटवलमा चुनावी सभा गर्दै, सभालाई शीर्ष नेताहरुले सम्बोधन गर्ने

बैशाख २४ : सत्ता गठबन्धनले आज शनिबार बुटवलमा चुनावी सभा गर्ने भएको छ । बुटवल–११ देवीनगरस्थित चौपारीमा शनिबार बिहान १० बजे गठबन्धनले चुनावी सभा गर्ने भएको हो । सो सभालाई शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय भएको एक नेताले बताएका छन् ।

चुनावी सभालाई प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगनकुमार थापा, केन्द्रीय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाण लगायतका नेताहरूले सम्बोधन गर्नेछन् ।