बैशाख २७ : नेकपा (एमाले)ले आज काठमाडौँको भृकुटी मण्डपमा स्थानीय तह निर्वाचन केन्द्रित सभा गर्ने भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा स्थानीय तह निर्वाचन केन्द्रित अन्तिम सभा गर्न लागेको हो ।
महानगरपालिकासहित काठमाडौँ जिल्लाका ११ वटै पालिकाका एमाले तर्फका उम्मेदवार आ–आफ्नो पालिकाको जुलुस र झाँकीसहित
दिउँसो २ बजे भृकुटी मण्डपमा भेला हुने बताइएको छ ।


















