जेष्ठ २ : नेपाली कांग्रेस बर्दघाट नगरपालीका १६ नवलपरासी बाट दलित महिला सदस्य बिजयी रिना श्रीपाली (उषा)ले आफ्नो जीत नगरपालीका बासि सम्पुर्ण दलित महिलाको भएको बताएका छन् ।
१४६१ मत लिएर बिजयी बनेकि उषाले एमालेका फूलमाया वि.क.लाई २७६ मतले पछाडि पार्दै निर्वाचित भएका हुन , एमालेतर्फका फूलमायाले ११८५ मत लिएका थिए । राजनितिमा खासै चासो नभएको रिनाले पछिल्लो केहि महिना यता दलित महिला माथी हुने गरेको उत्पिडन र विभेदका घटनाले चुप बस्न नसकेको कारण उमेद्धवारी दिएको बताएका छन ।
रिनालाई त्यस्ता विभेदजन्य घटना सामान्य नागरिक मात्रै भएर दिर्घकालीन समधान गर्न नसकिने र जस्को विकल्प राजनिति नै रहेको निचोडमा पुगेपछि आफु उमेद्धवारी दिन तयार बनेको उनले बताएका छन् । रिनाका अनुसार पहाडको तुलनामा तराईमा दलित माथी हुने विभेद झन डर लाग्दो भएको र दलित महिला झन तेस्रो दर्जाको विभेद खेप्न बाध्य रहेको बताउदै पाच वर्षे कार्याकालमा विभेद विरुद्ध र महिलाको स्तर उन्नतिका निमिक्त आफुले सकेसम्म को प्रयास गर्ने बताएका छन ।
स-परिवार पढाई र ब्यवसायको निमिक्त तराई झरेका रिनाको पुर्खेउली घर भने बाग्लुङ्ग तमानखोला गा.पा. ४ लाम्मेला हो, परिवारमा राजनितिमा आस्था रहेको सदस्य नभएकोले खासै मन नपर्ने भएतापनि पछिल्ला केहि घटनाक्रमले राजनितिमा हुमिन बाध्य पारेको रिना बताउछन् ।
मैले राजनितिको विषयमा गहिरो अध्ययन गरेको छैन, तर यो हैन कि मैले राजनिति जान्दै जान्दिन्, मैले परिवारमा सधै महिलाले मात्रै पकाउनुपर्ने राजनिति देखेको छु , खेतीपातिको काम महिलाले मात्रै गर्नुपर्ने राजनिती देखेको छु, पुरुष भनेको सर्वशक्तिमान हो भन्ने समाज भोगेको छु , महिला केवल बच्चा उत्पादन गर्ने एउटा मेसिन मात्रै होे भन्ने समाज लाई नियालेको छु तसर्थ मेरो राजनितिक यात्राको केन्द्रबिन्दु यहीँ हो मैले यही बेश बाट काम गर्न चाहान्छु ।
सबै कुरा मैले जान्नुपर्छ भन्ने छैन बास मैले मेरो कर्तब्य निष्ठापुर्वम सम्पन्न गर्नसकु भन्ने मलाई लाग्छ, राजनितिले मेरो सम्मान बढाएको छ, आम मान्छेले हेर्ने दृष्टिकोण फेरिदिएको छ ।
हिजो त भनेर हेपाहा सम्बोदन गर्नेहरु एकाएक तपाई भन्न थालेका छन, हिजो बाटो काटेर हिड्नेहरु आज बाटैमा कुरेर बसेका भेटिन्छन, मैले हात जोडेर नमस्कारर गर्दा कपाल हल्लाएर नमस्कारको अपमान गर्नेहरु अहिले दुबै हात जोडेर नमस्कार गर्न आत्तुर छन मेरो आसय मलाई सबैले नमस्कार गर्न पर्छ भन्ने होईन तर सम्मान पनि समान त हुनुपर्यो नी भन्ने भनाई चाहीँ हो ।
उनी थप्छन मेरो यो पाच वर्षे कार्यकाल म स्वंयमको लागी परिक्षण काल पनि हो, मैले योे उपलब्धिलाई सिकाईको रुपमा समेत हेरेको छु , चुनाव कुनै एउटा निश्चित पार्टी बाट लडेपनि अब म बर्दघाट १६ बासिन्दाको साझ सेवक हु मैले मेरो सम्पुर्ण बिवेक प्रयोग गरेर काम गर्ने अठोट लिएको छु ।
रिना संगै वडा अध्यक्षमा भिमकाजी गुरुङ्ग १४६७ मत, महिला सदस्य नर कुमारी गुरुङ्ग १४६२ खुला सदस्य यू प्रसाद थापा १४७२ र शूर्य प्रकाश के.सी. १४८५ मत सहित सिंगो प्यानल बिजयी भएको हो । मेयर सम्भुलाल श्रेष्ठ र उपमेयर रुद्र प्रसाद उपाध्यायको भोट गणना भैरहेको रिना श्रीपालीले बताएका छन । उनका बिपक्षीमा रहेको नेकपा एमालेका वडा अध्यक्ष देउमनी झेडि मगर ११६८, म.स. सुकमाया गुरुङ्ग ११९७ , द.म.स.फूलमाया वि.क.११८५, खु.स. जिवलाल वि.क. ११३३ र माया थापाले ११५० मत प्राप्त गरेका थिए । रिनाले यो भन्दा पहिलो चुनावमा म्यादी प्रहरी बनेर चुनाव अवधिभर राज्यको सेवा गरेका थिए ।















