नेपाल र अफगानिस्तानबीच हुने तय भएको दुई मैत्रीपूर्ण खेल रद्द

जेठ ८ :नेपाल राष्ट्रिय फुटबल टिम र अफगानिस्तानबीच हुने तय भएको दुई मैत्रीपूर्ण खेल रद्द भएको छ ।एन्फाले दुई अभ्यास खेल रद्द भएको पुष्टि गरेको जनाएको छ । यस अघि एन्फाले एएफसी कप-२०२३ अघि अफगानिस्तानसँग जेठ ११ र १५ गते खेल्ने तय गरेको थियो ।

कतारको दोहामा हुने तय भएको खेल अफगानिस्तान टिम आउन नमान्दा रद्द भएको एन्फाले जनाएको हो। यद्यपि नेपाली टिम भने यसै हप्ता कतार भ्रमणमा निस्कने छ । कतारमा रहँदा नेपालले स्थानीय टोलीसँग खेल्नेछ ।

एएफसी कप छनोटमा जेठ अन्तिम साता नेपालले जोर्डन, इन्डोनेसिया र कुवेतसँग खेल्नेछ । प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले २३ सदस्यीय टोली घोषणा गरेका हुन् । जसमा कप्तान किरण कुमार लिम्बू सहित नियमित टोलीका १० खेलाडी बाहिर छन् ।