जेष्ठ ९: हेटौंडा उपमहानगर पालिकाकी मेयर मीनाकुमारी लामाले नगर भित्रका अति विपन्न १५ सय ४१ परिवारको निशुल्क स्वास्थ्य बीमा गर्ने निर्णय गरेकी छन् ।
सोमबार पदभार ग्रहण गर्दै उनले स्वास्थ्य बीमा सहितका पाँचवटा निर्णय गरेकी छन् । उनले विपन्न १५ सय ४१ घरपरिवारलाई १५ हजार लिटर पानी र २५ युनिट विद्युत निःशुल्क उपलव्ध गराउने निर्णय समेत गरेकी छिन् ।
त्यसैगरी, आर्थिक अवस्थाको कारणले शिक्षा हासिल गर्नबाट बन्चित विद्यार्थीलाई प्रोत्साहन र सहुलियत दिन मेयर छात्रबृत्ति कार्यक्रम संचालन गर्ने, सडक विस्तारका क्रममा सडकको बीच भागमा परेका विद्युतका पोल हटाई छेउ किनारामा स्थापना गर्ने निर्णय पनि गरेकी छन् ।
मेयरले सुरुवाटमै जनतामुखी निर्णय गरेको भन्दै उपमहानगर बासिन्दाले तारिफ गरेका छन्, साथै आगामी दिनमा यसैगरि जनतामुखि भएर काम गर्न समेत आग्रह गरेका छन।


















