जेष्ठ १०ः ललितपुर महानगरपालिकाको प्रमुखमा कांग्रेसका चिरिबाबु महर्जनले अग्रता कायमै राखेका छन् ।

अहिलेसम्म ७९ हजार ८६३ मत गणना हुँदा कांग्रेसका चिरिबाबु महर्जनले ३९ हजार २३२ मत ल्याएका छन् भने एमालेका हरिकृष्ण ब्यन्जनकारले २३ हजार ४९२ मत ल्याए ।
फकाकिला मतको अन्तर बढे संगै चिरिबाबर महर्जन जितको नजिक पुगेका हुन , गन्न बाकी रहेको मत र हालसम्म उनले प्राप्त गरेको मतको आधारमा उनको जीत पक्कापक्की देखिन्छ ।
यस्तै उपप्रमुखतर्फ एमालेकी मन्जली शाक्यले २३ हजार ७३१ मत ल्याउँदा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उमेद्धवार बाबुराज बज्राचार्यले १७ हजार २६३ मत ल्याएका छन् ।
अब ५ हजार ९९८ मत गन्न बाँकी रहेका छन् । महानगरमा ८५ हजार ८६१ मत खसेको थियो ।


















