जेष्ठ १०ः सरकारले नीति तथा कार्यक्रम बैठकबाट पारित गरेको छ । भर्खरै बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पारित गरेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको अनुसार ‘बैठकले नीति तथा कार्यक्रम पारित गरेको र आजै दिउँसो ४ बजे संघीय संसदमा पेस हुनेछ ।
दिउसो चार बजे राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम पेस गर्ने छिन् । जेठ १० गते नीति तथा कार्यक्रम पेस गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।
आज प्रस्तुत हुने नीति तथा कार्यक्रमहरू नयाँ उद्योग स्थापना र आत्मनिर्भर अर्थतन्त्रमा केन्द्रित रहेको बताइएको छ । आधुनिक कृषि र स्वदेशी वस्तु उत्पादन वृद्धिलगायतका विषय पनि यसमा समेटिएको छ । जेठ १५ गते नयाँ बजेट आउँदै छ ।


















