भारतमा चिनी निर्यातमा रोक, नेपालमा कस्तो पर्ला असर

जेष्ठ ११ः भारतले चिनी निर्यातमा रोक लगाएको छ । आन्तरिक बजारमा चिनीको भाउ बढेकोले यसलाई रोक्न भन्दै भारतले जुन १ देखि अक्टोबर ३१ तारिखसम्म चिनी निर्यातमा रोक लगाउने निर्णय गरेको श्रोतको जानकारि छ।

विदेशमा चिनी निर्यातमा रोक लगाएपछि देशभित्रको भाउ नियन्त्रण हुने सरकारको अपेक्षा छ । विदेश व्यापार निर्देशनालयले विज्ञप्ति निकालेर देशभित्रको समस्यालाई मध्यनजर गरेर निर्यातमा रोक लगाइएको जनाएको छ ।

अमेरिका र बेलायतमा भने चिनी निर्यातमा बन्देज लगाइएको छैन । नेपालमा वार्षिक साढे तीन लाख मेट्रिक टन चिनीको माग हुँदै आएकोमा अधिकतम एक लाख ५० हजार मेट्रिक टन मात्रै उत्पादन हुँदै आएको छ ।

भारतले चिनी निर्यातमा रोक लगाएपछि नेपालमा पनि त्यसको प्रभाव पर्ने देखिएको छ । पछिल्ला केही वर्षयता नेपालमा औसतमा वार्षिक आठ अर्ब रुपैयाँको चिनी आयात हुँदै आएको छ ।