नागरिकको विश्वासलाई शिरमा राखेर सेवा गर्छु : सुनिता डङ्गोल

जेष्ठ १३ः काठमाण्डौ महानगरपालिकाकी नवनिर्वाचित उपमेयर सुनिता डङ्गोलले नागरिकको विश्वासलाई आफुले शिरमा राख्दै सेवक भएर काम गर्ने बताएकी छिन।

सामाजिक सञ्जाल मार्फत धन्यवाद ज्ञापनपत्र सार्वजनिक गर्दै उहाँले आफू नागरिकको शासक नभइ सेवक हुने प्रतिबद्धता व्यक्त गर्नु भएको हो ।

उहाँले मतदातालाई धन्यवाद दिँदै लेख्नु भएको छ– भरोसा गरेर काठमाण्डौ जस्तो महत्त्वपूर्ण महानगरपालिकामा विजयी गराउनु भएको छ । त्यसैले यो तपाईँहरुको विश्वासलाई शिरमा राख्दै शासक होइन सेवक भएर काम गर्ने प्रण पनि व्यक्त गर्न चाहन्छु।