१९ यात्रु बोकेर पोखराबाट जोमसोम उडेको तारा एयरको विमान सम्पर्क विहीन

जेष्ठ १५ः  पोखराबाट जोमसोमतर्फ उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ ।

आज बिहान ९ बजेर ५५ मिनेटमा उडेको उक्त तारा एयरको विमान सम्पर्कविहीन भएको र थप खबर आउन बाँकी रहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार बिहान उडेको केही बेरमै राडारको सञ्चार सम्पर्कबाट अफ देखाएको थियो ।

१९ यात्रु बोकेको जहाजका पाइलट प्रभाकर घिमिरे रहेको बुझिएको छ । हालसम्म कुनै सम्पर्क हुन नसकेको कारण उक्त बिषयमा थप जानकारि दिन सक्ने अवस्था नरहेको प्राधिकरणको भनाई छ ।