जेठ १५: पोखराबाट मुस्ताङको जोमसोम विमानस्थलका लागि उडेको तारा एयरको ९(एन एइटी) कल साइनको ट्विनअटर विमान मुस्ताङको लेते ठोक्कियो छ ।
दुई विदेशी, दुई भारतीय नागरिक र १३ जना नेपाली सहित १९ र चालक दल सहित २२ जना सवार जना लिएर उडेको जहाज लेतेमा ठोक्किएको छ ।

आइतबार विहान ९ः५५ बजे उडेको जहाज सम्पर्कविहीन भएको विमान मुस्ताङको लेतेमा ठोक्कीएको जानकारी प्राप्त भएको श्रोतको जानकारि छ । पोखरा विमानस्थलका अनुसार घोरेपानी भन्ने ठाउँसम्म पुग्दा सम्पर्क कायमै रहेको थियो त्यसपछि सम्पर्क विहिन बनेको थियो ।
आहिलेसम्म सम्पर्कविहीन जहाजको खोजीकार्य सुरु गरिएको तारा एयरका प्रवक्ता सुर्दशन बर्तौलाले जानकारी दिनुभयो । आइतबार विहानै देखि मौसममा बदली हुँदा देसैभर बर्षा भएको थियो ।


















