दुर्घटनामा परेको तारा एयरमा सवार यात्रु को को थिए? (नामसहित)

जेष्ठ १५ः पोखराबाट मुस्ताङको जोमसोम विमानस्थलका लागि उडेको तारा एयरको ९(एन एइटी) कल साइनको ट्विनअटर विमान मुस्ताङको लेतेमा ठोक्कियो छ ।

स्थानीयका अनुसार लेतेमा असाध्यै बाक्लो हुस्सु लागेको र निकै ठुलो आवाज आएपछि हेर्नजादा बिमान दुर्घटना भएको जानकारि दिएका छन । बिमानमा दुई विदेशी, दुई भारतीय नागरिक र १३ जना नेपाली सहित १९ र चालक दल सहित २२ जना सवार थिए ।

बिमानमा इन्द्र बहादुर गोले, पुरुषेत्तम गोले, राजन कुमार गोले, मिक ग्र्याट, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रस्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकर बहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुल्सादेवी तामाङ, अशोक कुमार त्रिपाठी, धनुष त्रिपाठी, ऋतिका त्रिपाठी, युवी विल्नर र वैभवी बाण्डेकर सवार थिए ।

यस्तै विमान प्याप्टेन प्रभावकर घिमिरेले उडाएका थिए भने सहचालक उत्सव पोखरेल र एयर होस्टेज किस्मी थापा थिइन् । बिमान दुर्घटनाको कारण र बिमानको अवस्थाबारे जानकारि प्राप्त नभईसकेको श्रोतको जानकारि छ ।