प्रधानमन्त्री देउवा र सभामुख सापकोटाबीच भेटवार्ता, समसामयिक राजनीतिक विषयमा छलफल

जेठ २२ :  प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवालाई भेट्न सभामुख सापकोटा प्रधानमन्त्रीको निवास बालुवाटार पुगेका थिए ।

भेटमा प्रतिनिधिसभामा छलफलको क्रममा रहेका विभिन्न विषय र समसामयिक राजनीतिक विषयहरूमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।

यसैगरी प्रधानमन्त्री देउवा र सभामुख सापकोटाबीच भएको छलफलमा नागरिकता लगायत विचाराधीन विधेयकहरु र उपसभामुख चयनका विषयमा पनि छलफल भएको बताइएको छ ।