जेठ २२ : महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले संघ र प्रदेशको निर्वाचनमा गठबन्धन गरेर जाने बताएको छ ।
आइतबार सम्पन्न पार्टीको केन्द्रिय कार्यकारिणी समितिको बैठकले आफ्नो पार्टीको माग सम्बोधन गर्न प्रतिवद्ध राजनीतिक दलहरुसँग संघ र प्रदेशको निर्वाचनमा गठबन्धन गरेर जाने निष्कर्ष निकालेको हो ।
निर्वाचनको मिति घोषणा भएपछि आफ्ना पार्टीको माग र विचारसँग सहमत पक्षसँग चुनावी गठबन्धन गरेर अघि बढने सैद्धान्तिक सहमति बैठकमा जुटेको पार्टीले जनाएको छ ।
त्यसैगरी बैठकले संघ र प्रदेशको चुनावलाई लक्षित गरेर पार्टीको संगठनलाई चुस्तदुरुस्त बनाउने निर्णय पनि गरेको छ ।















