बागमती प्रदेश सरकारद्धारा ७० अर्ब ९३ करोडको बजेट सार्वजनिक (पूर्णपाठ)

असार १:  बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ७० अर्ब ९३ करोड ९३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमरकट्टेलले आगामी वर्ष २०७९/८० को बजेट सार्वजनीक गरेका हुन् ।

कूल विनियोजित बजेटमध्ये चालू खर्चतर्फ १९ अर्ब २ करोड ४१ लाख बजेट छुटाइएको छ । यस्तै, पुँजीगत ४१ अर्ब ५६ करोड २४ लाख बजेट विनियोजन गरिएको छ भने वित्तीय हस्तान्तरणतर्फ ८ अर्ब ३५ करोड ३७ लाख रुपैयाँ बजेट छुटाइएको छ ।

यसैगरी, तथा वित्तीय व्यवस्थातर्फ २ अर्ब बजेट विनियोजन गरेको मन्त्री जमरकट्टेलले बताए । कुल बजेटमध्ये चालूतर्फ २७ प्रतिशत र पुँजीगततर्फ ५८ प्रतिशत र वित्तीय हस्तान्तरणतर्फ ११ प्रतिशत र वित्तीय व्यवस्थातर्फ २ प्रतिशत बजेट विनियोजन भएको छ ।

यस्तो छ पूर्ण पाठ

[pdf-embedder url=”http://sandarbhatoday.com/wp-content/uploads/2022/06/बागमती-प्रदेश-सरकार-बजेट.pdf” title=”बागमती प्रदेश सरकार बजेट”]