असार १ : सुदूरपश्चिम प्रदेश सरकारले आउँदो आर्थिक वर्ष २०७९/८० का लागि ३६ अर्ब ७४ करोड ६४ लाख रुपैयाँको बजेट ल्याएको छ ।
प्रदेश सभामा आर्थिक मामिलामन्त्री प्रकाश रावलले प्रस्तुत गरेको बजेटमा कृषि विकास र सडक पूर्वाधार विकासलाई पाँच अर्ब ६० करोड रुपैयाँ विनियोजन गरिएको छ ।
बाढी पहिरो प्रभावितका लागि एक अर्ब १२ करोड, खानेपानी संरचना निर्माण गर्न एक अर्ब ६७ करोड ९७ लाख, सिँचाइ र यान्त्रिकीकरणका लागि ७५ करोड, विपन्न समुदायका लागि एकीकृत बस्ती निमार्ण गर्न १९ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । एक अर्ब बजेटसहित प्रदेश प्रमुख शैक्षिक सुधार कार्यक्रम नयाँ कार्यक्रम आएको छ ।
प्रदेश सरकारले सङ्घीय सरकारअन्तर्गत सशस्त्र, जनपथ प्रहरीका पूर्वाधार निर्माण, कारागारमा, सीमा सुरक्षामा रकम विनियोजनलाई निरन्तरता दिइएको छ ।
यस्तो छ पूर्ण पाठ
[pdf-embedder url=”http://sandarbhatoday.com/wp-content/uploads/2022/06/far-western-budget.pdf” title=”far western budget”]


















