असार १२ : सरकारको निर्देशनमा नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएसँगै सार्वजनिक यातायातको भाडादर पनि घटेको छ।
आज (आइतबार) यातायात व्यवस्था विभागले एक सूचना निकालेर अन्तरप्रदेश चल्ने यात्रीवाहक र मालवाहक सवारीसाधनको भाडादर घटाएको जानकारी दिएको हो।
सूचनामा उल्लेख भएअनुसार यात्रीवाहक सवारीमा साबिकको भाडादरमा ५.४१ प्रतिशत भाडा घटाइएको छ।
त्यसैगरी पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ६.९७ र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ७.६८ प्रतिशतले भाडा घटाइएको छ।
[pdf-embedder url=”http://sandarbhatoday.com/wp-content/uploads/2022/06/bhadadar1.pdf” title=”bhadadar(1)”]


















