नवनियुक्त मन्त्रीको शपथ आज बिहान ११ बजे हुने

असार १३ : आइतबार नियुक्त भएका मन्त्रीहरुले आज शपथग्रहण गर्दैछन् । राष्ट्रपति कार्यालयका अनुसार नव नियुक्त मन्त्रीको शपथ आज बिहान ११ बजे गराउने तयारी भइरहेको छ । आइतबार साँझ देउवाले कांग्रेस, माओवादीका मन्त्रीलाई यथावत् राख्दै एकीकृत समाजवादीका पाँच नयाँ मन्त्रीमा नियुक्त गरेका हुन् ।

एकीकृत समाजवादीका जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उडड्यन, मेटमणि चौधरीलाई शहरी विकास, भवानीप्रसाद खापुङलाई बढुवा गर्दै स्वास्थ्य तथा जनसंख्या, शेरबहादुर कुँवरलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, हिराचन्द्र केसीलाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।