दिलमाया सुनारको मृत्यु प्रकरण : पक्राउ परेका सूर्यलाई पाँच दिन हिरासतमा राख्न अनुमति

असार १३ : लोकदोहोरी गायिका दिलमाया सुनारको मृत्यु भएको घटनामा पक्राउ परेका व्यक्तिलाई पाँच दिन हिरासतमा राख्न अनुमति दिइएको छ। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-१ घर भई काठमाडौंको गोठाटार बस्ने ३८ को सूर्य भन्ने खिलबहादुर श्रेष्ठलाई हिरासतमा जिल्ला अदालत काठमाडौंले अनुमति दिएको हो।

उनलाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको प्रहरीले जनाएको छ । गत शनिबार बिहान ११ बजे तार्केश्वर नगरपालिका ११ नेपालटारस्थित एक घरको डेरामा सुर्खेत गुर्भाकोट नगरपालिका- २ घर भएकी ३३ वर्षकी दिलमाया मृत फेला परेकी हुन्।

सूर्यविरूद्ध मृतकका बुवाले ज्यानसम्बन्धी कसुरमा जाहेरी दिएपछि म्याद थप गरेको हो। घटनासम्बन्धी थप अनुसन्धान गरिरहेको जनाएको छ।