असार १४: जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव पक्षले आफ्ना पार्टीका मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेका छन् । सोमवार राति बसेको यादव पक्षीय कार्यकारिणी समितिको बैठकले वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकारमा रहेका चार जना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।
साथै बैठकले नयाँ मन्त्री पठाउने अधिकार अध्यक्ष यादवलाई दिने निर्णय पनि गरेको छ । यादव पक्षको बैठकमा पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षका कुनै पनि नेतालाई बोलाइएको थिएन। मन्त्री पठाउनेलगायतका विषयमा डा. भट्टराई र यादवबीच मतभिन्नता छ ।
कार्यकारिणीमा आफ्नो बहुमत रहेको दाबी गर्दै उपेन्द्र पक्षीय बैठकले बाबुराम भट्टराई, महेन्द्र यादवसहित केही नेताहरूलाई कारबाही गर्ने अधिकार पनि उपेन्द्र यादवलाई दिएको छ।


















