असार १५ः नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक समेत रहेका बामदेव गौतमले नयाँ राजनीतिक दल खोल्ने भएका छन् ।

नेकपालाई पुर्नजिवित गर्ने प्रयासमा रहेका गौतम पार्टी एकीकरण हुने अवस्था नबनेपछि नयाँ दल गठन गर्न लागेका छन् । नेकपा विभाजित पश्चात् छुट्टै अभियानमा रहेका गौतमले आफू पक्षधरको भेला गर्दै आएका थिए ।
नयाँ पार्टी घोषणा गर्न गौतमले आज पत्रकार सम्मेलन गर्न लागेका छन् । मंगलबार दिउँसो ३ बजे रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर उनले नयाँ दलको घोषणा गर्ने एकता राष्ट्रिय अभियानका प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले बताए ।
हाल उनले खोल्ने नयाँ पार्टीमा केन्द्रिय सदस्यमा ७० जनाको नाम फाईनल बनिसकेको बताएका छन ।


















