देशभर भारी वर्षा बस्तीमा बाढी पसेको पछि २५ परिवार विस्थापित

असार १४ः  अबिरल वर्षासँगै देशका विभिन्न ठाँउमा बाढी आउनुको साथै जनजिवन प्रभावित भएको छ।
यहीँ क्रममा विराटनगरको सिंघिया खोलामा आएको बाढी बस्तीमा पसेपछि २५ भन्दा बढि परिवार विस्थापित भएका छन्।

मंगलबार बिहान विराटनगर महानगरपालिका वडा नं ८ को खोला किनारका बस्तीमा बाढी पसेको हो । सिंघियाको बाढीका कारण कटहरी १ को खोला किनारका बस्तीमा पनि पानी पसेको छ ।

विराटनगर २ को खोला किनारका बस्तीमा पनि पानी पसेको छ, बिस्थापित परिवारहरुलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यसैगरि बुटवल बजार समेत दुवानमा परेको छ निरन्तर परेको पानी बग्न नपाउदा बस्तिमा पानी पसेर अधिंकास पसलहरु दुवानका परेका छन ।