असार १४ः वर्षायाम सुरुभए संगै पानीझरि सहित ठाँउठाँउमा पहिरो जाने र चट्याङ्ग पर्ने समस्याले सताउन थालेको छ ।

यसैक्रममा मंगलबार विहान रुपन्देहीको सियारी गाउँपालिकामा चट्याङ्ग लागेर एक जनाको मृत्यु भएको छ । अविरल वर्षासँगै चट्याङ्ग लागेर जिल्लाको सियारी गाउँपालिका–२ निवासी ४५ वर्षीय रामनाथ बरहीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता नवरत्न पौडेलका अनुसार खेतमा काम गर्न गएको बेला विहान साढे ८ बजेको समयमा चट्याङ्ग लागेर बरहीको मृत्यु भएको थियो ।
बरहीको शव पोष्टमार्टमका लागि अहिले भैरहवाको भीम अस्पतालमा ल्याइएको छ । खेतबारीमा काम गर्न एक्लै गएको उनको घटनास्थलमै निधन भएको थियो । आवश्यक पोष्टमार्टम पछि परिवारलाई शव बुझाईने अस्पताल प्रशासनको भनाई छ ।


















