असार १४ : प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

प्रधानमन्त्री निवास बालुवाटाराम दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
बैठकमा सरकारको नियमित एजेन्डाबारे छलफल हुने बताइएको छ । एकीकृत समाजवादीको तर्फबाट सरकारमा सहभागी भएका नयाँ चार मन्त्रीको यो पहिलो मन्त्रिपरिषद् बैठक हो।
एकीकृत समाजवादीको तर्फबाट चार मन्त्री र एक राज्यमन्त्री समेटेर प्रधानमन्त्री देउवाले आइतबार मन्त्रिपरिषद हेरफेर गरेका थिए । नवनियुक्त मन्त्रीहरुले सोमबार पद तथा गोपनियताको सपथ ग्रहण गर्दै कार्यभार पनि सम्हालिसकेका छन् ।


















