स्थानीय तहहरुले विगतका कमजोरी नदोहोर्याई आर्थिक अनुशासन पालना गर्नुपर्छ : राष्ट्रपति भण्डारी

असार १५ :  राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तहहरुले विगतका कमजोरीहरु नदोहोरिने गरी आर्थिक अनुशासनको पालना गर्नुपर्ने बताएकी छिन् ।

आज महालेखापरीक्षकको कार्यालयको ६४ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् । स्थानीय तहमा अनियमितता बढ्दै जानु चिन्ताको विषय बनेको उनको भनाई थियो ।

उनले आर्थिक शुद्धता नै सुशासनको महत्वपूर्ण आधार भएको उल्लेख गरिन् । राष्ट्रपति भण्डारीले महालेखापरीक्षकको कार्यालयले सार्वजनिक निकायहरुबाट नियमित सार्वजनिक सेवा प्रवाह, विकास निर्माण, राजस्व संकलन, स्रोत र साधनको बाँडफाँड लगायतका सुधारका क्षेत्रहरु पहिचान गरी सरकारलाई महत्वपूर्ण सुझाव दिनुपर्ने बताइन् ।