असार १५ : सूचना तथा सञ्चारमन्त्री एवम् नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले मंगलबारको बैठकले गरेका निर्णयहरू सार्वजनिक गरेका छन् ।
काठमाडौं उपत्यकाभित्रका प्रशारण लाइन र सब–स्टेशनमा संरचनागत सुधार, विस्तार र स्तरोन्नतिका लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भीक कारबाही चलाउने अधिकारीसमेत तोक्ने।
विभूषणमा प्रयोग हुने सुनको परिमाण घटाउने र बनावट हेरफेरका लागि स्वीकृति दिने।
सशस्त्र प्रहरी दोस्रो संशोधन नियमावली–२०७९को मस्यौदाथि लोकसेवा आयोगको परामर्श लिने।
मध्यभोटेकोशी जलविद्युत् आयोजनाको २२० केभी प्रशारण लाइन विस्तारका लागि वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको छ।
कार्बन उत्सर्जन न्यूनीकरण खरिद सम्झौता गर्न वार्ता टोली गठन गर्ने।
भेडेटार स्काइवाक निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने।
महाकाली पुल आयोजना क्षेत्रमा रहेका रुख हटाउने।
बृहत्तर जनकपुर विकास परिषद् कोषको अध्यक्षमा धनुषाका शीतल साहु पुर्वेलाई नियुक्ति गर्ने।
निजामती सेवा पुरस्कारका लागि सिफारिस समितिको सदस्य तोक्ने।
श्रेणीविहीन स्थायी कार्यालय सहयोगीहरुको सेवा समूह र पद परिवर्तन गर्ने।


















