जन्मदिनमा केक काट्न नरुचाउने लोक गायक बद्री पंगेनी

असार १६ः लोकगायक बद्री पंगेनी आज ४१ औ वषन्तमा प्रवेश गरेका छन, ४१ औं वर्षमा लागिरहदा समेत घरमा केक काटेर जन्मदिन मनाएको अनुभव पंगेनी संग छैन, सामान्यतया जन्मदिनबारे केही भिन्न धारणा राख्छन उनी ।

पाल्पा जिल्लाको रामपुरमा जन्मिएका लोकगायक बद्री पंगेनी पाल्पा रामपुरको श्री दराई ठाँटी मावि बाट विस २०५५ सालमा एसएलसी दिएपछि काठमाडौं आएका हुन, अनेकौ सपनाको भारि बोकेर काठमाडौं आएका गायक बद्री पंगेनीको भोगाई भने सामान्य छैन । अनेकौ समस्या र अभावहरुसंग जुहारि खेल्दै देशको राजधानी काठमाडौंमा आएर आफ्नो परिचय बाक्लो बनाएका गायक बद्री पंगेनीले आजसम्म जन्मदिनको अवसर पारेर केक काटेको अनुभव नभएको बताएका छन ।

केक काट्न रहर नै नभएर हो वा केक काट्ने भन्ने विषय नै गलत छ ?  भन्ने लाग्छ भन्ने हाम्रोे प्रश्नमा गायक पंगेनी भन्छन् केक काट्ने जन्मदिन मनाउने मान्छेको ईक्षासंग जोडिएको विषय हो यसमा मैले यो गलत यो सहीँ भन्न मिल्दैन त्यो ब्यक्तिमा निर्भर रहने कुरा हो तर मेरो ब्यक्तिगत कुरा गर्ने हो भने रामपुरको एउटा दुर्गम गाँउमा जन्मिएको सामान्य परिवारको केटा त्यो समय र त्यो ठाँउमा केक पाउने भन्ने कुरा पनि हुन्थेन सायद नपाईने भएकै कारण होला मलाई जिन्दगीको धेरै उमेर बाचिरहदा समेत केक काट्नुपर्छ भन्ने ज्ञान थिएन सायद त्यही बानी बस्दै गयो हालसम्म पनि मैले आफ्नो परिवारमा केक काटेर जन्मदिन मनाएको छैन ।

गाँउमा त अभाव थियो ,केकको बजार र चर्चा थिएन तर शहर झरेपछि केक काटौ, खुशी साटौ भन्ने लागेन ? भन्ने हाम्रो दोस्रो प्रश्नमा गायक पंगेनी भन्छन् मैले शहर झरेपछि पनि त्यो चाहाना चाहीँ गरिन तर एकपटक गीत संगितकै कुराकानी गर्न आउनेबेला सञ्चारकर्मी कमल सर्गमले केक बोकेर आउनुभयो सायद त्यो नै मेरो पहिलो अनुभव हो, मलाई लाग्छ मेरो आदत नै बस्यो गाँउ रहदा पनि शहर झर्दा पनि केक काट्ने जन्मदिन भयंकर बनाएर मनाउने भन्ने नलाग्ने ।

जीवन र जीवनमा जोडिन आउने यस्ता संयोगको दिनलाई कसरि हेर्नुहुन्छ भन्ने हाम्रो तेस्रो प्रश्नमा गायक पंगेनी भन्छन् मेरो विचार पनि ठ्याकै तपाईले प्रयोग गरेको शब्द जस्तै हो यो केवल संयोग हो आज म जन्मिएको दिन हैन केवल दोहोरिएको गते वा बार हो म जन्मिएको दिन हेर्नलाई त मैले आज भन्दा ४१ वर्षको आजको दिन हेर्नुपर्छ , उसो त मनाउनै हुन्न सम्झनै हुन्न भन्ने चाहीँ हैन मैले माथी पनि भनेको छु यो ईक्षाको कुरा हो यसलाई उत्सवको रुपमा लिएर नयाँ कामको थालनी गर्नु केही नराम्रा आदत त्याग्नु चाहीँ राम्रो पक्ष हो ।

तपाईले यहीँ दिनलाई साक्षी राखेर भनिदिनुस कि कलाकारले आगामी दिनमा कस्तो सृजनाहरु गर्न आवश्यक छ भन्ने प्रश्नमा पंगेनी हास्दै भन्छन् यो पनि समय अनुसारको कुरा हो समयले चाहा कस्तो गरेको छ भन्ने कुरा प्रमुख हो, समय भनेको श्रोता र दर्शक पनि हो तथापी सृजनामा राष्ट्र ,राष्ट्रियता र माटो सुहाँउदो चाहीँ हुनुपर्छ भन्ने लाग्छ । हामीले गरेको सृजनाले परिवर्तन बोल्नुपर्छ ,समधान खोज्नुपर्छ भन्ने चाहीँ लागिरहन्छ समग्रमा सृजनामा ठुलो शक्ति र क्रान्ति छ भन्ने हामी कलाकारले आभाष गर्नुपर्छ भन्ने पक्षँमा म अडिक छु म ।

सामाजीक संजालमा ओईरिएको शुभकामनालाई कसरि हेर्नुहुन्छ भन्ने प्रश्नमा गायक पंगेनीको भनाई भने बडो अर्थपूर्ण छ रामपुरमा रहदा होस् वा काठमाडौंमा नै रहदा पनि मलाई मेरो बुवाको आशिर्वाद नै सबैभन्दा ठुलो उपहार लाग्थ्यो र लाग्छ आजको मितिसम्म पनि मैले सम्झने सोहीँ आशिर्वाद हो यस मानेमा मैले शुभकामना लाई आर्शिवाद र हौसलाको रुपमा लिएको छु , साथिभाई आफन्त दर्शक श्रोता सबैको शुभकामना हेरेको छु पढेको छु र महशुस गरेको छु मलाई माया गर्ने आर्शिवाद दिने र हौसला बाड्ने सबैप्रति मैले धन्यवाद दिन चाहान्छु ।

लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका निर्वतमान अध्यक्ष समेत रेहका गायक पंगेनीका दर्जनौ गीत चर्चामा रहेको छ।