सरकारको भूउपयोग नीतिप्रति लोसपाको आपत्ति (विज्ञप्तिसहित)

असार १९ : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले सरकारले ल्याएको भू-उपयोग नीतिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । उक्त नियमावली अव्यवहारिक र षड्यन्त्रपूर्वक ल्याइएको भन्दै लोसपाले आपत्ति जनाएको हो ।

बबरमहलमा आइतबार सम्पन्न लोसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले यस्तो निर्णय गरेको हो । उक्त नीतिले ग्रामीण तथा सहरी क्षेत्रमा बसोबास गर्ने गरिब किसानहरूलाई सामाजिक, आर्थिक, सांस्कृतिक रुपमा प्रभाव पार्ने भन्दै लोसपाले विरोध जनाएको छ ।

यस्तै वर्षा र बाढीले किसानको खेतीबाली नष्ट बनाएकोमा सरकारले क्षतिपूर्ति उपलब्ध नगराएको भन्दै सरकारको मौनताप्रति गम्भीर ध्यानाकर्षण भएको लोसपाले जनाएको छ । लोसपाको दुई दिने बैठक सम्पन्न भएपछि विज्ञप्ति जारी गर्दै यस्तो बताइएको हो ।