असार १९ : अर्थ मन्त्रालयले बजेटभन्दा अघिल्लो रातिको सीसीटीभी फुटेज मेटिएको भन्दै फुटेज दिन नसकिने बताएको छ ।
उपभोक्ता हित संरक्षण मञ्चका तर्फबाट जयप्रसाद पौडेलले गत जेठ १४ गते रातिको सीसीटीभी फुटेज उपलब्ध गराई सूचनाको हक प्रदान गर्न माग गर्दै निवेदन दिएका थिए ।
तर अर्थ मन्त्रालय योजना, अनुगमन तथा मूल्यांकन महाशाखाले फुटेज मेटिएको जवाफ दिएको हो ।
अर्थमन्त्री जनार्दन शर्माले गत जेठ १४ गते राति बाहिरका ब्यक्तीलाई बोलाई करको दर हेरफेर गरेको आरोप लागेपछि फुटेज सार्वजनीक गरिनुपर्ने माग हुँदै आएको थियो ।
‘मन्त्रालयमा जडान भएको सीसीटीभीको क्षमता र जडान भएको क्यामेराको आधारमा बढीमा १३ दिनसम्मको मात्रै सीसीटीभी फुटेज अभिलेखमा रहने र तत्पश्चत पहिलेको अभिलेख क्रमशस् मेटिँदै जाने भनी लेखी आएको हुँदा सोही ब्यहोरा सूचना तथा जानकारी गराइएको आदेशानुसार अनुरोध गर्दछु’, मन्त्रालयले भनेको छ ।
हेर्नुहोस विज्ञप्तिसहित



















