जसपाले तीन मन्त्रीलाई फिर्ता बोलायो, नयाँ मन्त्री पनि शिफारिस

असार २० :  जनता समाजवादी पार्टीले तीन मन्त्रीलाई फिर्ता बोलाएको छ। जसपाले एकजना मन्त्रीलाई यथावत राख्दै तीन मन्त्री हेरफेर गर्न लागेको हो ।

सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठबाहेक अन्य तीन मन्त्री कृषि मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार मन्त्री रेणु यादव र वन मन्त्री राम सहाय यादवलाई जसपाले सरकारबाट फिर्ता बोलाइएको हो।

नयाँ मन्त्रीमा प्रदीप यादव, मोहम्मद इस्तियाक राई र मृगेन्द्र सिंहलाई मन्त्रीका लागि सिफारिस गरिएको जसपा स्रोतको भनाइ छ। नयाँ मन्त्रीलाई आजै शपथ ग्रहणको तयारी गरिएको जनाएको छ।