खुमन अधिकारी र शान्तीश्री परियारको नयाँ गीत ‘थरी थरी भोले ’सार्वजनिक

असार २० : चर्चित गायक खुमन अधिकारी र शान्तीश्री परियार को नयाँ गीत ‘थरी थरी भोले’ ल्याएका छन् ।

गीत गोपाल जिएम, नरेश खाती, रुपी सिंन्जालीर प्रेमा रानाको सार्वजनिक समुह गायन रहेको छ । लोक तथा डान्सिङ शैलीको गीतका शब्द रविन लामिछानेले लेखेका हुन् भने संगीत खुमन अधिकारीकै छ ।

गीतमा सुनिल परियारको एरेन्ज रहेको छ । गायत्री थापाले निर्देशन गरेको भिडियोमा खुमन अधिकारी, अञ्जली अधिकारी, अभिषेक खड्का लगायतको अभिनय छ ।

जेरी भण्डारीले खिचेको भिडियोको सम्पादन नवीन घर्तिमगरले गरेका हुन्।

  गीत सहित