सीसीटीभी फुटेज खै ? भन्दै अर्थमन्त्री बिरुद्ध युवा संघको प्रदर्शन

साउन २१ :  अर्थमन्त्री जनार्दन शर्माविरुद्ध युवा संघले आज प्रदर्शन गरेको छ ।

अर्थमन्त्री शर्माले बिचौलियाको सहयोगमा बजेट निर्माण गरेको भन्दै प्रदर्शनकारीले उनको राजीनामा माग गरेका छन् ।

अर्थमन्त्री शर्माले बजेट निर्माणको क्रममा मन्त्रालयमै बिचौलिया प्रवेश गराएको भन्दै संसद्‍मा पनि त्यसको सीसीटीभी फुटेज हेर्न माग गरिएको छ ।

साथै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र सत्ता गठबन्धन दलका केही नेताहरूले पनि उनको राजीनामा माग गरिरहेका छन् ।
ब्यापारिसंग मिलेमतो गर्दैै करको दर हेरफेर गरेको भन्दै उनी बिरुद्ध नाराबाजी भएको छ।