एकैदिन ९० जनामा कोरोना संक्रमण पुष्टि

असार २१ : नेपालमा एकैदिन ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ९४४ जनामा पीसीआर परीक्षण गर्दा ७३ जनामा र १ हजार १६८ जनामा एन्टीजेन परीक्षण गर्दा १७ जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार २० जना संक्रमणमुक्त भएका छन् भने मृतकको संख्या शुन्य रहेको मन्त्रालयले जानकारी दिएको छ।

योसंगै नेपालका कोरोनाको कुल संक्रमितको संख्या पीसीआरतर्फ ९ लाख ७९ हजार ९०८ र एन्टीजेनतर्फ एक लाख ४० हजार ५३६ पुगेको छ।