असार २१ : स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीले नागरिकको सेवालाई पहिलो प्राथमिकतामा राखेर काम गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् । स्वास्थ्य सेवा विभागले मंगलबार आयोजना गरेको विभाग अन्तर्गतका मुख्य कार्यका बारेमा जानकारी दिन आयोजित कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री केसीले यस्तो बताएका हुन्।
स्वास्थ्य क्षेत्रमा समस्या रहेको भन्दै समाधानका लागि आफ्नो दायित्वलाई नविर्सीन पनि कर्मचारीलाई निर्देशन दिएका छन्। कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले विभाग अन्तर्गतका मूख्य मूख्य कार्यक्रमका बारेमा प्रकाश पारेका थिए।


















