सरकारले नागरिकता विधेयक फिर्ता लिने

असार २१ : सरकारले प्रतिनिधिसभामा पुगेको नागरिकता विधेयक फिर्ता लिएर संशोधित विधेयक दर्ता गर्ने भएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले यसअघि संसदमा दर्ता भएको नागरिकता विधेयक फिर्ता लिएर अर्को विधेयक दर्ता गर्ने निर्णय गरेको हो ।

केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ साउन २२ मा प्रतिनिधिसभामा नागरिकता विधेयक दर्ता गरेको थियो ।

नागरिकता विधेयक पारित नहुँदा जन्मका आधारमा नेपाली नागरिकता पाएका नागरिकको सन्तानले नागरिकता पाउन सकेका छैनन् ।