असार २२ : रुसले युक्रेनको डोनेट्स्क शहरमा भीषण बमबारी गरेको छ । युक्रेनले पूर्वी डोनेट्स्क क्षेत्रका मानिसलाई सुरक्षित स्थानतर्फ सर्न अपील समेत गरेको हो ।
सो शहरमा रुसी सेनाले धमाधम बम हमला गर्न थालेपछि उक्त प्रान्तका गर्भनर पाभ्लो किरिलेन्कोले अपील गरेका छन् । रुससँगको युद्धमा यसअघि नै युक्रेनका ७१ लाख मानिस विस्थापित भइसकेका छन् । बाँकी ४८ लाख मानिस पनि विस्थापित हुने अवस्थामा पुगेका छन् ।

















