असार २२ : बैतडीको झुलाघाट नाका बन्द गरिएको छ ।भारतसँग सीमा जोडिएको सो नाका भरे बेलुका सम्मका लागि बन्द गरिएको हो । झुलाघाटमा रहेको झोलुङ्गे पुलमा मर्मत गर्न लागिएकाले हिजो बेलुका ६ बजेदेखि आज बेलुका ७ बजेसम्मका लागि नाका बन्द गरिएको हो ।
महाकाली नदीमाथिको यो पुलको भारततर्फको भाग मर्मत गर्नुपर्ने भएकाले आवागमन बन्द गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यसैबीच, दुवै देशका सुरक्षा निकायले पुलको अवलोकन तथा निरीक्षण गरेका छन् ।


















