बाबुराम भट्टराई र महेन्द्र राय यादवको सांसद पद धरापमा

असार ३० : जनता समाजवादी पार्टी (जसपा) ले संघीय परिषदका अध्यक्ष बाबुराम भट्टराईसहित अन्य ८ जना कार्यकारिणी समितिका सदस्यलाई कार्यकारी जिम्मेवारीबाट मुक्त गने निर्णय गरेको छ ।

बीरगंजमा बसेको जसपाको दुई दिने केन्द्रीय समितिको बैठकले डा. बाबुराम भट्टराई, महेन्द्रराय यादव, हिसिला यामी, प्रशान्त सिंह,रमेश यादव, दुर्गा सोब, गंगानारायण श्रेष्ठ, दानबहादुर चौधरी र भक्तबहादुर शाहलाई पार्टीको पदिय जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको हो ।

उपेन्द्र यादव पक्षको यो निर्णयसँगै भट्टराई र यादवको सांसद पद समेत धरापमा परेको छ ।