साउन ५ः भरुवा बन्दुकसहित प्रहरीले एक जना पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको हतुवागढी गाउँपालिका- २ पूर्णेबजार बस्ने २७ वर्षीय दिकपाल राई रहेका छन्। बुधबार राति १ थान भरुवा बन्दुकसहित राईलाई पक्राउ गरिएको जिल्ल प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
राईले विवादको क्रममा भरुवा बन्दुक प्रहार गर्दा बन्दुकको छर्रा लागेर सोही ठाउँ बस्ने २८ वर्षीय बिश्वहाङ राई घाइते भएका थिए।
घाइते भएको खबर पाएपछि इलाका प्रहरी कार्यालय घोडेटारबाट खटिएको प्रहरीले उनलाई बन्दुक सहित पक्राउ गरेको हो।

















