गृहमन्त्री खाण र माओवादी अध्यक्ष दाहालबीच भेटवार्ता

गृहमन्त्री बालकृष्ण खाण र पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएकाे छ । दाहाल निवास खुमलटारमा भएकाे भेटमा राष्ट्रिय राजनीति र समसामयिक विषयवस्तुबारे कुराकानी भएकाे हो।

सत्ता गठबन्धनमा रहेकाे माओवादीसङ्ग बिहीबार मात्रै पास भएकाे नागरिकता विधेयक, अब कसरी अगाडि बढ्ने, निर्वाचन मिति घाेषणालगायत विषयमा कुराकानी भएकाे बताइएकाे छ । अध्यक्ष दाहालले विभिन्न सार्वजनिक कार्यक्रममा केही दिनमै निर्वाचनकाे मिति घाेषणा हुने बताएका थिए।

गृहमन्त्री खाणले बिहीबार साझ माओवादी नेता तथा पूर्वसभामुख कृष्णबहादुर महरासँग पनि उनकै निवासमा पुगेर कुराकानी गरेका थिए।