साउन १५ : जुम्लाको सिञ्जा क्षेत्रस्थित कनकासुन्दरी गाउँपालिका–१ बुलबुलेमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
सुर्खेतबाट मुगुका लागि छुटेको लु १ ज ३७३४ नं को जिप आइतबार बिहान बुलबुलेमा दुर्घटना भएको थियो। दुर्घटनामा मुगु राराछाँयानाथ नगरपालिका–२ का २५ वर्षीय दीपक तिरुवाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षकले बताएका छन्।
ब्रेक फेल भएर जिप दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान रहेको बताइएको छ। जिप चालक दलबहादुर बुढालाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ल्याउने तयारी भइरहेको छ ।
जिपमा अन्य पाँच जना यात्रु सामान्य घाईते भएका छन। अन्य सकुशल छन् । हाल घटनाबारे अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।


















