नामको मात्र कम्युनिष्ट पार्टी हुनुभन्दा कांग्रेस नै राम्रो : अध्यक्ष नेपाल

साउन १५ः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्दा आफ्नो पार्टीलाई घाटा लागेको बताएका छन् ।

एकीकृत समाजवादी डोटीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपाले यस्तो गठबन्धन गर्दा आफ्नो पार्टीलाई घाटा लागेको बताएका हुन् ।

गठबन्धनमा जालझेल भएको र गठबन्धनका अन्य दलहरूमा इमानदारिता नदेखिएको नेपालको भनाई छ । अबको संघ र प्रदेशको निर्वाचनमा राम्रो नतिजा हासिल गर्ने नेपालको भनाइ छ ।

नेपालले भने, ‘ स्थानीय निर्वाचनमा त्यस्तो देखिएन, अब आफ्नै खुट्टामा उभिने हो, सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने हो। उनले निर्वाचनअघि कुनै पनि पार्टीसँग एकता नहुने बताए । पार्टी एकताको लागि गृहकार्य भने भइरहेको समेत नेपालले बताएका छन् ।

नेपालले सम्बोधनकै क्रममा नामको मात्र कम्युनिष्ट पार्टी हुनुभन्दा नेपाली कांग्रेस राम्रो भएको बताएका हुन । आफूहरूले सच्चा कम्युनिष्ट पार्टी वनाउन खोजेको नेपालको दाबी छ।