साउन १६ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले दक्ष सीप भएका जनशक्तिलाई मात्र वैदेशिक रोजगारमा पठाउनुपर्ने बताएका छन्।
सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा दक्ष सीप हासिल नगरि जादा बैदेशिक रोजगारका क्रममा दुख पाउने क्रम बढेको भन्दै सीप भएका जनशक्तिलाई मात्र पठाउनुपर्ने बताएका हुन्।
त्यस्तै उनले कतारमा प्रहरी भर्नाको मागबारे सरकारलाई कुनै जानकारी नभएको जिकिर गरे। श्रम बजार खुल्ला गरेपछि यस क्षेत्रलाई पनि प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ।
मन्त्री कुँवरले नेपालमा नै बाहिर मुलुक भारतबाट आएर श्रम गरिरहेको भन्दै उनले नेपालकै श्रमिक रोजगारका लागि विदेशमा गएर काम गर्नुपरेको उल्लेख गरे।
बैठकमा वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले कोरोना भाइरसको समयमा वैदेशिक रोजगारमा जानेको सङ्ख्या घटे पनि अहिले फेरि पहिलेको अवस्थामा नै आएको बताए। उनले आर्थिक वर्ष २०७७ र ७८ मा एक लाख ६६ हजार बैदेशिक रोजगारीमा गएकोमा २०७८ र ७९ मा त्यो सङ्ख्या बढेर छ लाख २१ हजारमा पुगेको जानकारी दिए।


















