अप्डेट: आतंकवादी भनिएका शंकास्पद व्यक्ति सुन व्यवसायी रहेको खुलासा

साउन १८ : मुम्बई जान लागेको नेपाल एयरलाइन्सको जहाजबाट आतंकवादी भनेर शंका गरिएको ब्यक्ति प्रकाउ परेका छन् । प्रकाउ परेका उक्त व्यक्ति सुन व्यवसायमा संलग्न रहेको खुलेको छ।

सुदूरपश्चिम प्रदेश सुनचाँदी व्यवसायी संघमा समेत आबद्ध रहेका सन्तोष लामिछाने र उनीसहित पक्राउ परेकी मीना लामिछानेलाई प्रहरीले थप अनुसन्धान गरिरहेको छ । सुनचाँदी र उनीहरुले गर्ने अन्य कारोबारमाथि समेत शंका लागेपछि प्रहरीले थप अनुसन्धान अघि बढाएको हो ।

कैलालीका लामिछानेमाथि यसअघि पनि उजुरी परेको प्रहरी स्रोतले जनाएको छ । उनीमाथि ठगीको कसुरमा जिल्ला प्रहरी कार्यालय कैलालीमा जाहेरी परेको थियो ।

अहिले सुनचाँदी व्यवसायीहरुको टोलीसँग उनी मुम्बई घुम्न जान लागेका थिए । त्यही बेला कैलाली प्रहरीले प्रधान कार्यालयमा जानकारी गराएको थियो ।