वैद्य र बास्तोलाको पार्टी एकता हुँदै

नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेपाल कम्युनिष्ट पार्टी (बहुमत)बीच एकता गर्ने सहमति भएको छ।क्रान्तिकारी माओवादी र नेकपा बहुमतको शुक्रबारको बैठकले एकता प्रक्रियालाई अगाडि बढाउने सहमति गरेको हो।

क्रान्तिकारी माओवादीको नेतृत्व मोहन वैद्य ‘किरण’ले गरिरहेका छन् भने नेकपा बहुमतको नेतृत्व धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले गरिरहेका छन्।

कञ्चनको समूह केही समयअघि मात्रै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबाट छुट्टिएको हो।

वैद्य र कञ्चनले संयुक्त प्रेस वक्तव्य जारी गर्दै सम्पूर्ण क्रान्तिकारी कम्युनिष्ट पार्टी, संगठन र व्यक्तित्वहरूलाई एकता प्रक्रियामा सामेल हुन आह्वान पनि गरेका छन्।