उच्च अदालतमा न्यायाधीश : माग २७, आवेदन २७७

 उच्च अदालतको रिक्त २७ न्यायाधीशको आवेदन माग गर्दा २७७ आकांक्षी देखिएएका छन्। न्याय परिषद्ले पहिलोपटक उच्च अदालतको न्यायाधीश नियुक्तिका लागि मापदण्ड निर्माण गरी आवेदन माग गरेको थियो ।

परिषद्ले जिल्ला न्यायाधीश, कानुन व्यवसायी, न्याय समूहका कर्मचारी, सरकारी वकिल समूहका कर्मचारी, कानुन समूहका कर्मचारी र अन्य समूहमा आवेदन माग गरेको थियो । त्यसमध्ये जिल्ला न्यायाधीशबाट ७६, कानुन व्यवसायीबाट एक सय ७४ र कर्मचारीबाट ४६ जनाको आवेदन परेको छ।

आवेदकमध्ये २५५ पुरुष र १९ महिला छन्। न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीका अनुसार आवेदन परेकाहरूको प्रारम्भिक छनोट गरी सूची प्रकाशित हुनेछ।