दोहा । कतारमा रहेर श्रम गरिरहेका नेपालीहरूको फुटबल खेल प्रतिको रूचिलाई शशक्त अभिवृद्धि गर्न २०११ मा स्थापना भएको सीएफसी (collection football club) फुटबल क्लबले सेप्टेम्बर २ देखी अक्टूबर १४ सम्म झण्डै ढेड महिना हप्ताको शुक्रवार म्याच हुने गरी विश्वकप फुटबल लाई उत्साहजनक बनाउन नेपालीहरू माझ नकआउट फुटबल प्रतियोगिता आयोजनाको अन्तिम खेल भोली १४ अक्टूबर शुक्रवार नेपाली राजदूतावास दोहाका महामहिम राजदूत डा. नरेश विक्रम ढकालको प्रमुख उपस्थितिमा मिसाइद स्थित माईक स्पोर्ट्स खेल मैदानमा सम्पन्न हुने आयोजक टिमका अध्यक्ष देवनारायण चौधरीले बताए।
यसअघी उद्घाटन खेल समारोहमा एनआरएनए एनसिसी कतारका अध्यक्ष सुरेश भट्टले फुटबल हस्तान्तरण गरेर भव्यताका साथ खेलको समुद्घाटन गरेका थिए ।
रोजगारीको शिलसिलामा कतारको विभिन्न स्थानमा रहेका प्रतिभावान नेपाली खेलाडीहरूले आफ्नो फुटबल खेलप्रतीको प्रेम जगाई राख्न खोलिएका क्लबहरू मध्य सक्रिय १५ वटा क्लबहरूको सहभागितामा दोहामा अहिले सम्मकै ठुलो र स्तरीय फुटबल प्रतियोगिता आयोजना भएको हो l कतारमा हुने २० नोभेम्बर देखी १८ डिसेम्बर २०२२ सम्म हुने विश्वकप फुटबललाई उत्साहजन सहयोग पुर्याउन तेस्रो ठुलो संख्यामा कतारमा रहेका नेपालीहरूको मुख्य भूमिका रहेको छ ।
गत शुक्रवार भएको पहिलो खेलमा UYFC को तर्फबाट जर्सि नम्बर ९ का रोशनले निर्णायक १ गोल गर्दै Happies Bro FC लाई १-० ले हराउदैँ UYFC भोली शुक्रवार १४ अक्टूबरमा हुने फाईनलमा खेलमा प्रवेश गरेको छ । उक्त खेलमा म्यन अफ द म्याच UYFC का जर्सि नम्बर ९ का खेलाडी रोशन भएका थिए। सेमीफाइनलबाट बाहिरिएको ह्यापिज ब्रो टिमबाट उत्कृष्ट खेल प्रदर्शन गरेका विष्णु राईले म्यन अफ द म्याचको ट्रफी प्राप्त गरे l
सोही दिन भएको दोस्रो खेलमा CFC BLUE vs Petro fc विच भएको खेलमा CFC BLUE का जर्सी नम्बर ११ का मिलन र जर्सि नम्बर २१ का राजकुमार चौधरीले १/१ गोल गरेका थिए भने Petro fc को तर्फबाट जर्सि नम्बर २ का संजय मण्डले १ गोल गरी आयोजक टिम फाईनलमा प्रवेश गरेको छ । उक्त खेलमा CFC Blue का खेलाडी बसन्त तामाङ्ग किपर र देवराज चौधरी म्यान अफ द म्याच भएका थिए ।
भोली हुने फाइनल खेलमा CFC Blue vs UYFC विच निकै प्रतिस्पर्धात्मक महासंघ्राम खेल हुने छ । दुवै टिमका खेलाडीहरूले प्रथम श्रेणी हाँसिल गर्न कडा मेहनत भईरहेको खेल संयोजक राजकुमार बताउँछन् फाईनल खेलमा तेस्रो स्थान भने छैन।
अहिलेसम्मको तयारी राम्रै छ। नेपाली राजदूतावासमा महामहिम राजदूतज्युको गरिमामय प्रमुख उपस्थितिको लागी हामिले राजदूतज्यु संग भेट गरेरै पत्राचार गरिसकेका छौँ। वाहाँले आउने जानकारी दिनू भएको छ। हामिलाई फाईनल खेलसम्म साथ सहयोग गर्नूभएका NRNA NCC कतारका पदाधिकारी सदस्यहरूले विभिन्न तहतप्कामा हामिलाई साथ समन्वय दिदैँ हुनूहून्छ ।
प्रथम (पुरस्कार रियाल ५५५५) र द्वितीय (पुरस्कार ३३३३ रियाल) शील्ड, ट्रफीहरू र सहयोगीहरूलाई सम्मान पत्रहरू तयार भएका छन् खेलको शुभारम्भमा सांगीतिक प्रस्तुतिका साथै बाजा-गाजाले खेल मैदान गुञ्जाएमान हुने आशा राखेका छौँ । हाम्रो आयोजनालाई सफल बनाउन नेपालीहरूको यती ठुलो संख्यामा सहभागी टिमले झनै उत्साहित बनाएको र भोली खेलमा खेलप्रेमी दर्शकहरुको उत्साहजनक माया पाउने आशा राखेको देवनारायण चौधरी बताउँछन्।



















